लामाचौर कप: महिला तर्फ नेपाल पुलिस क्लबलाई उपाधि

पाेखरा | भदौ १६, २०७९

लामाचौर कप: महिला तर्फ नेपाल पुलिस क्लबलाई उपाधि

 


पोखरा  । २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

 

फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ । उपविजेता न्यु डायमण्डले १ लाख १११ पायो । फाइनलमा पुलिसले २५–१५, २५–१४ र २५–८ ले जित आफ्नो पक्षमा पारेको हो । तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशको टिमलाई सोझो सेटमा २५–१७, २५–१७ र २५–१५ मा हराउँदै तेस्रो स्थानको पुरस्कार ५० हजार १११ प्राप्त गरेको छ ।

 

प्रतियोगितामा नेपाल पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक पुलिसकै रुपेश बिट घोषित हुँदै जनही ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

 

यसैगरी, विधागततर्फकै अन्य पुरस्कारमा उत्कृष्ट सेटर न्यु डायमण्डकी प्रगती नाथ, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर डायमण्डकी सलिना बुढा मगर, उत्कृष्ट स्पाइकर पुलिसकी कामना बिस्ट, उत्कृष्ट लिब्रो न्यु डायमण्डकी सलिना श्रेष्ठ घोषित भए । उनीहरुले ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।

 


यसैगरी बुधबार भएको पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ सेटमा हराउँदै जित आफ्नो पक्षमा पारेको हो । खेलमा २६–२४, २५–१९, १८–२५ र  २५–१९ ले हराउँदै गण्डकी प्रदेशको टिमसँग भेट सुनिश्चित गरेको हो । बिहीबार पुरुषतर्फको फाइनल खेल बिहान १० बजे पुलिस र गण्डकीबीच खेल हुुने भएपनि वर्षाका कारण खेल हुुन नसकेको आयोजकले जानकारी दिएको छ । 

 

विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइने छ ।

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्